स्वास्थ्य

विश्वभर काेराेना : हाल १९ करोड ३१ लाख निकाे, १ कराेड ८५ लाखमा भाइरस सक्रिय

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ७ लाख ११ हजार थपिएका छन् भने ९ हजार ९०० काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख २९ हजार जना निकाे भएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १९ करोड ३१ लाख ८८ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ८५ लाख १६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २१ करोड ६२ लाख ४ हजार नाघेको छ भने मृतकको संख्या ४४ लाख ९८ हजार ८६४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १२ हजार ८१७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ९५ लाख ४० हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ५३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ७ लाख ८६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख ९० हजार थपिएसँगै कुल ८१ लाखमा भाइरस सक्रिय छ । 

 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ५१४ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ३७ हजार ४०३ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ४६ हजार ८०५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड २६ लाख ४९ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड १८ लाख ४५ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ६६ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा २७ हजार संक्रमित भएका छन् भने ७९१ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ७८ हजारभन्दा बढी छन् । हाल ४ लाख ९५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड ७ लाख ३ हजार जना संक्रमितमध्ये १ कराेड ९६ लाख २९ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ७ लाख ५६ हजार ४९२ जना पुगेका छन् भने ७ लाख ८ हजार २०३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार ६६३ पुगेको छ भने ३७ हजार ५९९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत