राजनीति

क्रियाशील सदस्यताको टुंगो लागेका ३८ जिल्लामा कांग्रेसले खटायाे निर्वाचन अधिकृत

काठमाडौं । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसे पछि नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । 

महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई बिहीबार नामावली बुझाएको कांग्रेस नेता प्रकाश शरण महतले जानकारी दिए ।

नामावली टुंगो लागेका ३८ जिल्लामा १३ जना निर्वाचन प्रतिनिधि काठमाडौबाट खटाइएको छ । अन्य २५ जिल्लामा उपत्यका बाहिरका निर्वाचन प्रतिनिधि खटाइएको यादवले जानकारी दिए । निर्वाचन प्रतिनिधि डेमोक्रेटिक लयर्स एसोसिएनमा आवद्धलाई बनाइएको छ । केही जिल्लामा नेपाल शिक्षक संघका प्रतिनिधि पनि खटाइने भएको छ। 

३८ जिल्लाका निर्वाचन अधिकृत 

गाउँ सहर संवाददाता