शेयरबजारका कुरा : नेप्से परिसूचक सामान्य अंकले बढ्याे, कसले कमाए/गुमाए ?
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १५:५०:०० मा प्रकाशित
काठामाडाैं । साताकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचक १७.५७ अंक बढेर ३०९४.०१ विन्दुमा पुगेको छ ।
कूल २२३ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मा खरिद बिक्री भए ।
यस दिन लगानीकर्ताहरु विकास बैंक, जलविद्युत र फाइनान्स कम्पनीहरुमा आकर्षित भएका देखिन्छन् । फलस्वरुप जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.८३ प्रतिशत बढेको छ भने विकास बैंकको ४.२२ प्रतिशत र वित्तको ३.८२ प्रतिशत बढेको छ । यस दिन १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ ।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, शिव श्री इन्भेस्टमेन्ट कम्पनी, गुह्श्वरी मर्चेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावर, जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो ।
यस्तै, गुडविल फाइनान्सको डिवेञ्चर, सिटिजन म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट र गाेर्खाज फाइनान्सका लगानीकर्ताले गुमाए ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९३ करोड ८४ लाख ४० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस