अर्थतन्त्र

निरन्तर ओरालो यात्रामा शेयरबजार सूचक, कारोबार रकमले पनि साथ दिएन

कामठाडाैं । बुधबार पनि नेप्से सूचकमा उच्च अंकको गिरावट आएको छ ।

यसदिन नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४५ अंकमा सीमित भएको छ ।

बुधबार ८ अर्ब ५० करोड ६७ लाख ८१ हजार ४१४ रुपैयाँ बराबरको १ करोड ३३ लाख ७९ हजार ८४७ कित्ता शेयर कारोबार भएको छ । अघिल्लाे दिन (मंगलबार) १६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम साढे ८ अर्बमा झरेको छ ।

आज कूल २२७ वटा कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर खरिद बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबारमा आउका १३ समूहमध्ये सूचकमध्ये सबै सूचक घटेका छन् ।

बुधबार जीवन विकास लघुवित्त र आइसिएफसि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए भने माउन्टेन इनर्जी, दिब्यश्वरी हाइड्रोकाे शेयरमूल्य बढेकाे छ । 

खानीखोला हाइड्रोपावर, जानकी फाइनान्स, जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयरमूल्य घटेको छ ।

बुधबार अरूण काबेलीको सर्वाधिक ४८.७१ करोडको शेयर कारोबार भएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत