स्वास्थ्य

कोरोनाबाट थप ३५ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३८ हजार २५०

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ८१० को परीक्षण हुँदा २ हजार ५२५ संक्रमित थपिएका छन् । जसमा ५९.७३ पुरुष र ४०.२७ प्रतिशत महिला छन् ।

आजसम्म जम्मा ३८ लाख ४९ हजार ३०४ पिसिआर र ४ लाख ४० हजार ७८ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ५१ हजार १ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८० हजार ९६७ पुष्टि भएका छन् ।

अहिलेसम्मका संक्रमितमध्ये ६२० सघन र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार ८६ छ । निको हुनेको प्रतिशत ९३.५ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख २ हजार १८३ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३९५ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार १४५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार १०५ छ ।

देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।

अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ३८ लाख ५७ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ ।

उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।

मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३५६.२ रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत