स्वास्थ्य

विश्वभर काेराेनाबाट दैनिक मृत्युदर घट्दाे क्रममा, हाल १ कराेड ८० लाख जनामा भाइरस सक्रिय, १ लाख बढि गम्भीर

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित हुने र निकाे हुने उस्तै उस्तै देखिएकाे छ । पछिल्लाे २४ घण्टामा ५ लाख ६९ हजार जना काेराेनामुक्त भएका छन् भने ७ हजार ५६० काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ११ हजार जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १९ करोड ८ लाख ८ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ८० लाख १२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २१ करोड ३२ लाख ७३ हजार नाघेको छ भने मृतकको संख्या ४४ लाख ५३ हजार ३२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १२ हजार २२३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ८८ लाख १३ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ४६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ५ लाख ६७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख १० हजार थपिएसँगै कुल ७५ लाख ९९ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप २६६ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ३५ हजार ५० जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ११ हजार ३५९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड २४ लाख ६० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड १६ लाख ९० हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ३४ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा १३ हजार संक्रमित भएका छन् भने ३७० जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ७४ हजारभन्दा बढी छन् । हाल ५ लाख २९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड ५ लाख ८३ हजार जना संक्रमितमध्ये १ कराेड ९४ लाख ७९ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ७ लाख ४८ हजार ९८१ जना पुगेका छन् भने ७ लाख ९७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार ५३३ पुगेको छ भने ३८ हजार ३५१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत