स्वास्थ्य

कोरोनाबाट थप २४ जनाको मृत्यु, निको हुने प्रतिशत ९३.५, संक्रमण दर १९.५ प्रतिशत

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ३२६ को परीक्षण हुँदा १ हजार ८०१ संक्रमित थपिएका छन् । जसमा ५९.७५ पुरुष र ४०.२५ प्रतिशत महिला छन् ।

आजसम्म जम्मा ३८ लाख ३९ हजार ३९५ पिसिआर र ४ लाख ३५ हजार १७७ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ४८ हजार ९८१ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८० हजार ४६२ पुष्टि भएका छन् ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा ७ हजार १८२, ललितपुरमा २ हजार २४० र भक्तपुरमा १ हजार ४११ सक्रिय संक्रमित रहेका छन् जुन अन्यको तुलनामा बढी हो । 

अहिलेसम्मका संक्रमितमध्ये ६७९ सघन र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ९२४ छ । निको हुनेको प्रतिशत ९३.५ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ९७ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३९३ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार १३२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार २१९ छ ।

देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ ।

अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ३८ लाख ५७ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ ।

उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ । 

मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ्ग, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका १७ जिल्लाहरु छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाख जनसंख्यामा ३५५ रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत