विशेष

महिलाहरुको नाक काट्नेदेखि आँखा निकाल्नेसम्म; तालिबान शरिया कानूनको इतिबृतान्त

सन् १९९९ गर्मी दिनको बिहान थियो। काबुलमा बस्ने बाराकजाईलाई ज्वरो आएछ। त्यसबेला अफगानिस्तानमा तालिबानको शासन थियो। उनीहरुको नियम अनुसार कुनैपनि महिला महारम, अर्थात् पुरुष अभिभावक बिना घर छोड्न सक्दैनन्। बाराकजाईका पति काम गर्न गएका थिए र छोरा थिएनन्।

बाराकजाईले आफ्नी दुई वर्षीया छोरीको टाउकोबाट कपाल निकालिन् र केटाकाे लुगा लगाएर उनलाई आफ्नो महारम बनाइन्। उनी आफैंले टाउकोदेखि पैतालासम्म जालीदार आँखा भएको निलो बुर्का लगाइन्। उनी डाक्टरलाई जाँच गराएर फर्किइरहेकी थिइन्, उनलाई बाटोमा तालिबान लडाकुहरुले रोके।

उनीहरुमध्ये एकले एक शब्द नबोली बाराकजाईलाई काेर्राले हान्न थाले। उनी भुइँमा लडिन्जेलसम्म कुटे। पीडा र अपमानको चुस्की लिई, उनी रोएर उठिन्, आफ्नी छोरीको हात समातिन् र घर फर्किन्।

बाराकजाईको घटना तालिबान अत्याचारको एउटा नमूना मात्र हो। केटीहरू वा महिलाहरूमा तालिबानको क्रूरताको कथाहरू जताततै फैलिएको छ।

महिलामाथिका तीन क्रूर प्रमाण

१. १५ वर्षिया बीबी आयशाकाे विवाह तय गरिएकाे थियाे। उनी भाग्न चाहिन्, तर तालिबानले अत्याचारी पतिसंग जिम्मा लगाए। ती क्रूर पतिले उनकाे नाक र कान काटे। त्याे काटिएकाे नाक तालिबान क्रूरताकाे गत्तिलाे प्रमाण हाे।

२. सन् १९९९ गाजी स्पाेर्ट्स स्टेडियममा दिनमै ३० हजार बढी दर्शकहरूकाे माझमा एक महिलाकाे हत्या गरिएकाे थियाे। शिरमा गाेली हानिएकाे थियाे। उनलाई पति मारेकाे अभियाेग थियाे।

३. अर्काे क्रूरता थियाे, अफगानिस्तान गजनी प्रान्तकी खतेराकाे हत्या। हिँडे आइरहेकाे समयमा उनलाई शिरमा र घाँटी गाेली हानी तालिबानीले हत्या गरेका थिए। साथै चक्कूले दुबै आँखा निकालेका थिए।

शरिया के हो र यसको उत्पति कहाँ भयो?

अरबीमा शरियाकाे अर्थ बाटाे हुन्छ। याे कुनै लिखित कानूनी किताब हाेइन। याे नैतिक सिद्धान्त हाे जसले मुस्लिमकाे अल्लाहकाे मर्जीनुसार जिउने बाटाे देखाउँछ। यसमा दैनिक जिन्दगी, पारिवारीक, धार्मिक र पैसासँग जाेडिएका निर्देशनहरू हुन्छन्। शरियाकाे प्रावधानमा कुरान र हदीसका कुरा उठाइएकाे छ।

शरिया कुरान, हदीस, इस्लामी विद्वानहरु र समुदायको सामान्य रायमा आधारित छ। हदीस विभिन्न समूहहरुद्वारा संकलित गरिएको छ। इस्लामी विद्वानहरुको मनोवृत्ति पनि फरक हुन सक्छ, त्यसैले शरिया कानूनहरु काहिँ धेरै कडा हुन्छन् र कतै नरम हुन्छन्।

शरियामा कुन प्रकारको अपराध उल्लेख छ?

शरियामा तीन प्रकारकाे अपराध उल्लेख छ। पहिलाेः हुदूद, जुन अपराध त्यसकाे सजाय कुरानमा लेखिएकाे छ। अपराधहरू जस्तैः अवैध सम्बन्ध, बलात्कारकाे झुटाे आराेप, रक्सी खानु, चाेरी गर्नु, डकैति गर्नुजस्ता रहेका छन्। त्यस्तै दाेस्राेः किसस, यसमा जस्ताकाे तस्तै सजाय दिइन्छ। यदि हत्या भए उसकाे पनि हत्या गरिन्छ। त्यस्तै तेस्राेः ताजिर, जुन सबैभन्दा कम गम्भीर अपराध हाे। यसमा न्यायाधिशले विवेकले सजाय दिन्छन्।

तालिबान शासन अन्तर्गत महिलाहरुमाथिको क्रूरता के हो?

तालिबानले क्रूरताको सीमा पार गरी आज पनि हुदूद सजायको प्रयोग गर्दछन्। उनीहरु शरियाको चरम संस्करण पछ्याउँछन्।

पश्तोमा तालिबान को अर्थ विद्यार्थी हाे। तालिबानको निर्माणमा मदरसाहरुको एक प्रमुख भूमिका रहेकाे छ। १९९० को दशकमा, यी मदरसाहरु साउदी अरबद्वारा वित्त पोषित थिए। त्यहाँबाट पनि शरियाको विचारधारा आएकाे थियाे। समय बित्दै जाँदा तालिबानको कट्टरपन्थी सोच हावी भयो।

सन् १९९६ बाट अफगानिस्तानमा तालिबान सत्तामा आएको थियाे। शरिया कानून देशमा लागू भयो। सार्वजनिक सजाय सामान्य भयो। गीत, टिभी र भिडियो प्रतिबन्धित थिए। पाँच पटकसम्म नमाज पढ्ने वा दाह्री नकाट्ने व्यक्तिलाई सार्वजनिक रुपमा कुटपिट गरिन्थ्याे।

महिलाहरूलाई पढ्न निषेध, बाहिर गएर काम गर्न स्वतन्त्रता छैन। ८ वर्षमाथिकाले बुर्का लगाउनै पर्छ। घरबाट बाहिर निस्कनैपरे एक पुरूष संरक्षक हुनुपर्दछ। महिलाले उचाे हिल भएकाे जुत्ता या चप्पल लगाउन मनाही छ। महिलाले ठूलाे स्वरमा बाेल्न निषेध छ। अखबार, किताब र पसलमा महिलाकाे तस्बिर लगाउन मनाही छ। महिला घरकाे बरण्डामा जान पाउँदिनन्।

जसले यी नियमकाे पालना गर्दैनथ्याे, सार्वजनिक कुटाइकाे शिकार हुनुपर्छ।

अचम्मकाे कुरा त के छ भने शरिया कानून मान्ने घरमा परिवारकाे इज्जतकाे लागि "अनर किलिङ्ग" सामान्य छ। यसकाे साथै जेनिटल काट्ने, बालविवाह, बहुविवाह र लिंगकाे आधारमा नियम निर्धारित छ। जुनकुरा विवादित पनि रहेकाे छ।

कहाँ कहाँ छ शरिया कानून?

शरिया कानून विश्वका १६ देशमा छन् । कहिँ नरम अनि कतै कडा । मिश्र, इराक,बहराइन, इरान, अफगानिस्तान, पाकिस्तान, कतार, संयुक्त अरब इमिरेट्स, ब्रुनाइ, मलेशिया, मालदीप, यमन, इन्डाेनेशिया, साउदी अरब, सुडान र नाइजेरिया रहेका छन्।

शरिया कानूनकाे तरिका कस्ता छन्?

डुअल लिगल सिस्टमः सरकार स्वतन्त्र रहन्छ, तर मुस्लिमलाई पारिवारीक र वित्तीय पक्षमा शरिया अदालतमा जाने प्रणाली हुन्छ। नाइजेरिया र केन्यामा याे देख्न सकिन्छ।

अल्लाहकाे अधिनमा सरकारः यी देशमा कामकाजी धर्म इस्लाम हुन्छ, र सबै कानूनकाे स्राेत शारिया हुन्छ। साउदी अरब, कूबेत, बराइन, यमर र यूएइमा याे देख्न सकिन्छ।

पूर्ण स्वतन्त्रः मुस्लिम देश हुनुकाे कारण यहाँकाे सरकार र कानून स्वतन्त्र हुन्छ। अजरबैजान, ताजकिस्तान, साेमालिया र सेनेगलमा याे देख्न सकिन्छ।

विभिन्न एजेन्सीकाे सहयाेगमा गाउँ सहर डटकद्वारा तयार।

गाउँ सहर डेस्क

तपाईँको मत