दृष्‍टिकोण

कक्षा १२ को परीक्षार्थीलाई साउन ३१ मै लाग्ने काेराेना भेरिअन्ट कुन थियाे ?

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।  बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गरेकाे थियाे । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ ।

तर अहिलेसम्म् नयाँ सूचना निकालिएकाे छैन ।

गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो र साेहिनुसार नै परीक्षा राेकिएकाे थियाे ।

परीक्षा राेकिएपछि नै कक्षा १२ काे परीक्षालाई मात्र काेराेना लाग्ने र अन्य परीक्षार्थीलाई नलाग्ने भनेर चाैतर्फी आलाेचना भएकाे थियाे । किनकी अरूकाे परीक्षा सबै चलेर सकिएकाे छ ।

तर विर्सनुनहुने कुरा के छ भने लाखाैँ विद्यार्थीकाे जनस्वास्थ्य प्रमुखताभन्दा परीक्षा हुनपनि सक्दैनथ्याे । यहि कुरा उठाउँदै सरकारले परीक्षा राेकेकाे थियाे ।

महत्वपूर्ण कुरा भएका परीक्षामा स्वास्थ्य मापदण्ड पूर्वाधारकाे कमीका कारण नअपनाएकाे दृश्यहरू जताततै देखिएका थिए, जुन अब दाेहाेरिनुहुन्न ।

हुन त सरकारले अहिले कक्षा ११, १२ र ४० वर्ष माथिकालाई खाेप लगाइरहेकाे पनि छ । विद्यार्थीलाइ खाेप नलगाई परीक्षामा नगर्नपनि आवाज उठिरहेकै थियाे, त्याे पूरा हुनु राम्राे पक्ष हाे ।

साेहि परीक्षालाई लिएर प्रतिनिधिसभाका सांसदहरु, विद्यार्थी संगठन तथा सराेकारवालाहरूले कक्षा १२ को परीक्षा अझै सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले पनि दुई/दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । जसकाे उत्तरमा कोरोना संकटकै कारण सिसिएमसीले परीक्षा संचालन गर्ने अनुमति दिन नसकेको पनि समितिलाई जानकारी गराएका छन् ।

यता परीक्षा बोर्ड सरकारकाे निर्देशनलाई कुरिरहेकाे छ । 

याे दाेहाेरीले विद्यार्थी अत्यन्तै मर्कामा परेका छन् ।

यस्तै मर्का स्नातक तहका प्रथम वर्षले नमज्जाले भाेगे, स्नातक दाेस्राे, तेस्राे र स्नातकाेत्रका केहि सेमेस्टरले पनि भाेगे तर थाेरै कम, तर तिनकाे परीक्षा अहिले सम्पन्न भइसकेकाे छ भने १२ काे सुरू हुने छाँटकाँट छैन । चुराे कुरा यहि हाे ।

अहिले कुनै परीक्षामा काेराेना सर्ने र कुनैमा नसर्नेजस्ता टिप्पणीले बजार तातेकाे छ र सराेकारवाला भन्न थालेका छन्, कक्षा १२ लाई मात्र लाग्ने काेराेना भेरिअन्ट चाहिँ कुन रहेछ ?

तसर्थ, खाेप लगाइसकेपछि यसकाे निकास चाँडै परीक्षा नै हाे । अब सारिनुहुन्न । हर व्यवस्था गरेर भएपनि परीक्षा गर्नैपर्छ । नत्र यस्ता प्रश्नहरू उब्जिरहन्छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत