प्रेरणा

अरूकाे लागि राम्राे गर्न सकिएन, केहि छैन - नराम्राे गर्नु हुँदैन

रामायणमा श्री रामको राज्याभिषेक हुन लागेको थियो। यो पर्व अयोध्यामा मनाइँदै थियाे। सबैजना धेरै खुशी थिए र सृष्टिकर्ता अर्थात ब्रह्मा जी लाई धन्यवाद दिइरहेका थिए। उनीहरु आपसमा कुरा गर्दै थिए कि अब हाम्रो इच्छा पूरा हुनेछ।

अर्कातिर सबै देवताहरु अयोध्याको यो खुशी मन पराइरहेका थिएनन्। सबै देवताहरु माता सरस्वती जी सम्म पुगे र उनको खुट्टा समातेर बिन्ती गर्न थाले, 'तपाईंले केहि गर्नुपर्छ, राम राज्य छोडेर जंगल जानु पर्छ। तब मात्र रावण मर्नेछन् र हाम्रो काम पूरा हुनेछ, किनकी हामी सबै रावणद्वारा पीडित छौं।

सरस्वती जी ले भनिन्, 'मलाई किन दोषको यो काम गर्न लगाउनुहुन्छ?'

देवताहरूले भने, 'यो कामले तपाईंलाई दोष दिने छैन। यदि सबैले आफ्नो भाग्य भाेग्छन भने रामले पनि भाेग्नेछन्। तपाईं हाम्रो काम गर्नुहाेस्।'

देवी सरस्वतीले देवताहरुको वचन स्वीकार गरिन् र गइन्, तर उनी सोचिरहेकी थिइन् कि देवताहरुको स्थान उच्च छ, तर उनीहरुको बुद्धि थोरै छ। उनीहरु अरुको खुशी देख्न सक्दैनन्।

सरस्वती जी ले मन्थराको विचार बदलिन र रामको राज्याभिषेक राेकियाे।

गाउँ सहर डेस्क

तपाईँको मत