स्वास्थ्य

कोरोनाबाट थप ३३ जनाको मृत्यु, संक्रमण दर १९.५ प्रतिशत, ७३९ सघन र १६८ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ४३८ को परीक्षण हुँदा ३ हजार ७५ संक्रमित थपिएका छन् । जसमा ५९.८० पुरुष र ४०.२० प्रतिशत महिला छन् ।

आजसम्म जम्मा ३८ लाख ३ हजार १५ पिसिआर र ४ लाख १६ हजार ९८६ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ४२ हजार २२८ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ७८ हजार ३७७ पुष्टि भएका छन् ।

अहिलेसम्मका संक्रमितमध्ये ७३९ सघन र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार १२६ छ । निको हुनेको प्रतिशत ९३.१ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३८५ र होम आइसोलेशनमा रहेको संख्या ३७ हजार ११४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३८६ छ ।

देशमा सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ ।

अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ३७ लाख ८ हजार ६८८ पुगेको मन्त्रालयले जनाएको छ ।

उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।

पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।

संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका १८ जिल्लाहरु छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाख जनसंख्यामा ३५१.५ रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत