स्वास्थ्य
ग्वान्जाव उन्डफु र बि. एस. आर. बायोटेकद्वारा २३ लाख बराबरको मेडिकल सामग्री सहयाेग
- गाउँ सहर संवाददाता
- २ भदौ बुधबार, २०७८ | २२:१०:०० मा प्रकाशित
काठमाडाैँ । कोरोना महामारीविरुद्ध लड्न चाइनाको ग्वान्जाव स्थित ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बिएसआर बायोटेक प्रा. लि.को संयुक्त सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच बि. एस. आर. बायोटेक प्रा. लि. ले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई मेडिकल सामग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा कम्पनीका तर्फबाट नविन कोइराला, दिपेश भण्डारी र प्रज्जवल न्यौपानेको उपस्थिति रहेको थियो ।
कोरोना परीक्षणमा प्रयोग गरिने ८ हजार ४ सय थान एन्टिजेन टेष्ट किट तथा २ थान फाइन केयर थ्रि प्लस एनालाइजर सहयोग गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस