नेप्से परिसूचक कीर्तिमान कायम गर्दै उँभाे उँभाे, काराेबार पनि २१ अर्बमाथि
- गाउँ सहर संवाददाता
- २ भदौ बुधबार, २०७८ | १६:१९:०० मा प्रकाशित
काठमाडाैं । नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गर्दै उकालाे यात्रामा देखिएकाे छ । बुधबार ऐतिहासिक बिन्दु पुगेको छ ।
नेप्से परिसूचक २८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेको छ ।
यस दिन कारोबार रकम २१ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसअघि नेप्सेमा २१ अर्ब ५३ करोड रुपैयाँसम्मको शेयर कारोबार भएको थियो । बुधबार २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँ बराबरको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर कारोबार भएको छ ।
यो दिन १३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
विकास बैंक ५.५५ र फाइनान्सको इन्डेक्स ४.८७ प्रतिशतले बढेका छन् । उत्पादन तथा प्रशोधन ३.५५, जलविद्युत १.३५, लगानी सूचक १.४२ प्रतिशतले बढेको छ । म्युचुअल फण्डको सूचक १.३९ प्रतिशतले घट्दा ब्यापार सूचक पनि सामान्य घटेको छ ।
यसदिन अरुण भ्याली हाइड्रोपावर, अरुण कावेली हाइड्रोपावर, शिवम सिमेन्ट्स र जिवन विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ ।
एनआइविएल प्रगति फण्ड, आरएसडिसि लघुवित्त, खानिखोला हाइड्रोपावर र आरएमडिसि लघुवित्तको शेयरमूल्य घटेको छ ।
सबैभन्दा धेरै ७८ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस