राजनीति

कारवाही रोक्न हारगुहार गर्दै माधव पक्षीय सांसदहरू संसद सचिवालयमा

काठमाडौं । नेकपा एमालेद्वारा कारवाही गरिएका १४ जना सांसदले आफूमाथिको कारवाही अवैधानिक भएको जिकिर गर्दै कुनै कारवाही नगर्ने व्यवस्था मिलाउन संसद सचिवालयसँग हारगुहार गरेका छन् ।

उनीहरूले अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाऊँ भन्दै लिखित निवेदन दिएका छन् ।

एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।

कारवाहीमा परेका १४ सांसदहरूले संसद सचिवालयलाई पत्र लेख्दै नेकपा एमालेको वैधानिक केन्द्रीय कमिटीको बैठक नबसेको, अवैधानिक भेलाबाट गरिएको कारवाही स्वतः अवैधानिक रहनेलगायतको दावी गरेका छन् ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र गएको थियो ।

भदौ १ गते नेकपा एमाले संघीय संसदिय दलको कार्यालयले संघीय संसद सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुराशयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारबाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन उनीहरूले अनुरोध गरेका छन् ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत