विश्व

२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त - तालिबान

  • एजेन्सी
  • २ भदौ बुधबार, २०७८ | ०५:०६:०० मा प्रकाशित

राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको बताएका छन् ।

''यो पूरै देशका लागि गर्वको क्षण हो,'' उनले भने ।

''अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,'' उनले थपे ।

''हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ । हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ ।''

उनले याे पनि भने कि अफगानिस्तानकाे भूमि कुनैपनि देशकाे विरूद्धमा प्रयाेग हुने छैन । साथै उनले महिला अधिकारकाे बारेमा गम्भीर रहेकाे भन्दै कसैसँग दुश्मनीकाे भाव नरहेकाे प्रष्ट पारेका छन् ।

प्रवक्ता जबिहुल्लाहले अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आव्हान गरेका छन् । साथै कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए ।

उनले मिडियालाई स्वतन्त्ररूपमा चल्न दिनेपनि बताए । उनले थपे "देशकाे कानून नयाँ सरकारले तय गर्नेछ ।"

एजेन्सी

तपाईँको मत