कोरोनाबाट थप ३५ जनाको मृत्यु, सक्रिय संक्रमित ३९ हजार ३७१ पुगे, ७९५ सघनमा र १९७ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- ३२ श्रावण सोमबार, २०७८ | १६:३२:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ६११ को परीक्षण हुँदा ३ हजार ४५१ संक्रमित थपिएका छन् । जसमा ५९.८५ पुरुष र ४०.१५ महिला छन् ।
आजसम्म जम्मा ३७ लाख ६७ हजार ६६५ पिसिआर र ४ लाख १ हजार ३७१ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ३४ हजार ८३८ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ७६ हजार १५ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ७९५ सघन र १९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार ४५८ छ । निको हुनेको प्रतिशत ९३.२ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४०२ र होम आइसोलेशनमा रहेको संख्या ३६ हजार ३६ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३३५ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ३४ लाख ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका १६ जिल्लाहरु छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाख जनसंख्यामा ३४८.१ रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस