विश्व

कोरोनाको पाँचौँ लहरः इरानमा प्रत्येक २ मिनेटमा १ जनाको मृत्यु, अवस्था भयावह

तस्बिरः एबीसी न्यूज ।

इस्लामिक देश इरानमा कोरोना संक्रमणको पाँचौँ लहरले आतङ्कित बनाएको खबर छ । स्थानीय समाचार एजेन्सीकानुसार देशका सबै अस्पतालहरु भरिएका छन् । अक्सिजनको कमी भएको छ । अस्पतालको पेटी र गाडीको पार्किङ्गमा विरामीको उपचार गर्नपनि ठाउँ अभाव भएको छ ।

अस्पतालमा डाक्टर, नर्स र अन्य मेडिकल स्टाफहरु अहिलेसम्मकै दयनिय अवस्थामा गुज्रिरहेका छन् । एकै दिनमा ४० हजार बढी संक्रमित पाइएका छन भने सोहि दिन नै ६०० जनाको मृत्यु भएको छ । एक रिपोर्टले दाबी गरेनुसार ८.३० करोड जनसंख्या रहेको इरानमा कोरोनाका कारण हरेक २ मिनेटमा १ जनाको मृत्यु भइरहेको छ । लगातार बढेको संक्रमणको चेन ब्रेक गर्नको लागि सरकारले एक हप्ताको लागि लकडाउन लगाएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, देशमा कोरोना डेल्टा भेरिअन्टको कारण विरामी बढेका हुन् । देशमा पछिल्लो एक हप्तामा हरेका दिन ३९ हजार देखि ४० हजार ८०० सम्म नयाँ संक्रमित पहिचान भइरहेको छ । अहिलेसम्म ९७ हजार ८२७ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ४४ लाख हजार माथि छ । निको हुनेको संख्या ३७ लाख बढी छ ।

खोप अभियान सञ्चालन चुस्त र दुरुस्त बनाएमा संक्रमण थामिने बताइएको छ । किनकी अहिलेसम्मको प्रयास एकदमै धिमी छ ।

गाउँ सहर डेस्क

तपाईँको मत