विश्व

तालिबानद्वारा विजय भएको दाबी, विगतको विफल अनुभव नदोहोर्‍याउने

  • एजेन्सी
  • ३२ श्रावण सोमबार, २०७८ | ०६:३६:०० मा प्रकाशित
तस्बिरः वाशिंगटन पाेष्ट ।

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन् ।

तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएका छन् । 

"हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता," उनले भने ।

उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने आफूहरूले ठानेको बताए ।

आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए ।

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार त्यहाँ कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका थिए ।

विमानस्थल अस्तव्यस्त बनेकाे छ ।

अल जजिरा टेलिभिजनले प्रसारण गरेका भिडिओ फुटेजहरूमा तालिबान लडाकूहरू राष्ट्रपति भवनभित्र हतियारसहित देखिएका छन् ।

एजेन्सी

तपाईँको मत