अर्थतन्त्र

शेयर कारोबार रकममा नयाँ रेकर्ड कायम, बजारमा मौद्रिक नीतिकाे सामान्य असर

काठमाडाैं । आइतबारको सेयर बजारमा नकारात्मक असर देखिएको छ । तर कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ ।

मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गरेसँगै आइतबारको सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ । तथापी घटेको बजारमा कारोबार रकमले भने नयाँ रेकर्डले भने लगानीकर्तामा सकारात्मक उर्जा थपेकाे छ । 

नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ अंकमा सीमित भएको छ ।

काराेबार रकम भने २१ अर्ब ६४ करोड बराबरको भएको छ ।

आइतबार उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहका सूचक बाहेक सबै घटेका छन् ।

यो दिन युनियन लाइफ इन्स्योरेन्स, खानी खोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त कम्पनीको सेयर बेच्नेले कमाएका छन् । 

एनआइविल प्रगति फण्डको इकाइमूल्य, रिद्धि हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, रसुवागढी हाइड्रोपावर, अपर तामाकोशीलगायतकाे शेयर सबैभन्दा धेरै घटेकाे छ । 

आइतबार सबैभन्दा धेरै नेपाल बैंकको मात्रै १ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत