अर्थतन्त्र

एनआईसी एशिया बैंक बैंकिङ्ग क्षेत्रको सबै सूचकांकहरूमा अग्रस्थानमा

काठमाडाैं । मुलुकको बैंकिङ्ग क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल यस एनआईसी एशिया बैंकले गत आ.व. २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ ।

बैंकले आ.व. २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको छ भने बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहपूर्ण रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

बैंकले अवलम्बन गरेको कुशल रणनीति तथा प्रदर्शन गरेको व्यवस्थापकीय कार्य कौशलताको फलस्वरुप कोभिड–१९ को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि आ.व. २०७७/७८ मा व्यवसायतर्फ हासिल गरेको वित्तीय नतिजा नेपालको समग्र बैंकिङ्ग क्षेत्रकै ऐतिहासिक र हालसम्मको सर्वाधिक उच्च हो ।

आ.व. २०७७/७८ मा यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पुर्‍याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो ।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ ।

आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।

यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २९८ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो ।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब रू. २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ ।

बैंकले आ.व. २०७७/७८ मा रू. ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी रू.२८.११ पुर्‍याएको छ । त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको अनुमान गरिएको छ । अघिल्लो आ. व. २०७६/७७ मा समेत यस बैंकको आरओई वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढीे थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत