लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनले के भन्छ ?
- गाउँ सहर संवाददाता
- २९ श्रावण शुक्रबार, २०७८ | १६:३३:०० मा प्रकाशित
काठमाडाैँ । लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
प्रतिवेदनले २०७६ असार मसान्तमा ९० वटा संस्था रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा ११ वटा संस्था मर्ज वा एक्वीजिशनमा गएको र थप ५ वटा संस्थाले वित्तीय कारोवार गर्ने स्वीकृति पाएकोले ८४ वटा लघुवित्त वित्तीय संस्था कायम भएको उल्लेख गरेकाे छ ।
८४ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४४ वटा राष्ट्रियस्तरका र ४० वटा प्रदेश वा जिल्लास्तरका, २ वटा सर्वसाधारणहरुबाट निक्षेप स्वीकार गर्ने र ८२ वटा सर्वसाधारणहरुबाट निक्षेप स्वीकार नगर्ने, ४ वटा थोक कर्जा कारोवार गर्ने र ८० वटा खुद्रा कारोवार गर्ने संस्थाहरु रहेका छन् ।
२०७७ असार मसान्तसम्ममा ८४ वटा लघुवित्त वित्तीय संस्थाले ३,९४६ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । उक्त संस्थाहरुको केन्द्र संख्या ३ लाख १० हजार ८ सय ९५, समूह संख्या १० लाख ३९ हजार ६ सय ९६ रहेको छ भने ४६ लाख ८६ हजार ६ सय ९ सदस्य तथा २७ लाख ८३ हजार १ सय २९ ऋणी संख्या पुगेका छन् । यी लघुवित्त वित्तीय संस्थाहरुले ७७ जिल्लामा सेवा पु-याएका छन् । लघुवित्त संस्थाहरुमा १९ हजार १७ जना कर्मचारीहरु कार्यरत रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरुको प्रतिशाखाले औसतमा १,१८८ सदस्यहरुलाई सेवा दिइरहेको प्रतिवेदनमा उल्लेख छ ।
पूर्ण प्रतिवेदन यहाँ हेर्नुहाेस्
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस