स्वास्थ्य

क्यान्सर उपचाररत जोगीको उपचारका लागि हिल नेपालद्वारा ९३ हजार ३०० रुपैयाँ सहयोग

काठमाडौँ । मिनभवनस्थित निजामती अस्पतालमा ब्लड क्यान्सर उपचाररत बाल कुमारी जोगीको उपचारका लागि हिल नेपाल नामक संस्थाले ९३ हजार ३०० रुपैयाँ सहयोग गरेको छ ।

केही दिन अघि उनको उपचारका खर्च अभाव भएको श्रीमान् खेमबहादुर जोगीले सहयोगको लागि सरकार र सर्वसाधारणसंग अपिल गरेको समाचार प्रकासन भएपछि उनलाई सहयोग प्रप्त भएको हो ।

कतार च्यारीटीको सहयोगमा हिल नेपालले उपलब्ध गराएको उक्त रकम सामाजिक अभियान्ता तथा मिडियाकर्मी बुद्धि कटेल मार्फत अस्पतालमै गएर हस्तान्तरण गरिएको थियो ।

हिल नेपालका सचिव ईश्वर दुलालले औषधी र उपचार नरोकयोस भनि महंगो रोगको उपचारमा थोरै रकम भए पनि सहयोग गरेको बताए । उपचार गराइरहेकी २८ वर्षीया जोगीको उपचार राम्रो हुँदै गएको डाक्टरले बताएका छन् । तर अस्पतालमा लामो समय राखेर उपचार गर्नु पर्ने रोग भएको र आफन्तसँग ऋण गरेर ल्याएको पैसा सकिएकोले अब उपचार कसरी गर्ने भन्ने दुविधामा आफू रहेको खेम बहादुरले बताएका थिए ।

कटारी- १३, मयाँखु, उदयपुरका खेमबहादुर दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दथे । श्रीमती सहित १३ र ११ वर्षीय छोरा छोरीहरु गाँउमै थिए । असारको अन्तिम साता बाल कुमारीको दाँतबाट रगत आयो भनेपछि काठमाडौं बोलाई बसुन्धराको कान्तिपुर डेन्टल कलेजमा उपचार गराउन लगेका थिए । शरीरमा सेतो रक्तकोषको पनि कमि देखिएपछि क्यान्सर पनि हुनसक्छ भन्दै निजामती अस्पतालमा पठाउँदा २८ वर्षीया जोगीलाई ब्लक क्यान्सर देखिएको थियो । उनको साउन एक गते देखि सोहि अस्पतालमा उपचार भइरहेको छ ।

थप सहयोग गर्न चाहनेले आफूलाई ९८६३८७९९३४ नम्बरमा फोन गरेर वा माछापुच्छ्रे बैंकको खाता नं ०४४०९३३७७९७०१३५२ खेम बहादुर जोगीका नाममा बैंकमा जम्मा गरेर पनि सहयोग गर्न सकिने संस्थाका सचिव दुलालले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत