स्वास्थ्य

विश्वभर काेराेना : २० कराेड संक्रमित, १८ कराेड निकाे, साढे ४२ लाखकाे मृत्यु, ९२ हजार सिकिस्त

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ४ लाख ६३ हजार जना काेराेनामुक्त भएका छन् भने ९ हजार ९३९ काे मृत्यु भएकाे छ । त्यसैगरि ६ लाख १५ हजार जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १८ करोड ५ लाख ४ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ५४ लाख ७१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २० करोड २ लाख ३५ हजार नाघेको छ भने मृतकको संख्या ४२ लाख ५८ हजार ४५५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९० हजार ४१७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ६० लाख ४९ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ३० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९७ लाख ५६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख ४ हजार थपिएसँगै कुल ५६ लाख ६१ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ५६१ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख २५ हजार ७८९ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ४२ हजार ५६६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १७ लाख ६७ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड ९ लाख २५ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख १६ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ३२ हजार संक्रमित भएका छन् भने १ हजार २३८ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ५८ हजारभन्दा बढी छन् । हाल ६ लाख ८० हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म १ कराेड ९९ लाख ८६ हजार जना संक्रमितमध्ये १ कराेड ८७ लाख ४६ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ७ लाख २ हजार ९७ जना पुगेका छन् भने ६ लाख ६० हजार ११६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ९२२ पुगेको छ भने ३२ हजार ५९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत