शिक्षा

त्रिवि सेवा आयोगद्वारा उपप्राध्यापकको परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले आगामी भदौ १५ गतेबाट परीक्षा हुने तालिका सार्वजनिक गरेको थियो ।

‘भदौ १५ गतेदेखि सञ्चालन गरिने लिखित परीक्षा आयोगको निर्णयबमोजिम विशेष कारणवश स्थगित गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ आयोग प्रमुख केदारनाथ ढकालले विज्ञप्तिमा भनेका छन् ।

कोभिड–१९ महामारीका कारण तत्काल परीक्षा स्थगित गरिएको जनाइएको छ । तर स्मरण रहाेस्, त्रिविका आंशिक प्राध्यापकले पनि माग पूरा नगरेकाे भन्दै आन्दाेलन गरिरहेका थिए ।

गाउँ सहर संवाददाता