स्वास्थ्य

विश्वभर काेराेना : हाल १ करोड ५० लाख जनामा भाइरस संक्रिय, ९० हजार मानिस सिकिस्त

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख ७२ हजार जना काेराेनामुक्त भएका छन् भने ८ हजार ७७२ काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ३० हजार जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड ९२ लाख ८५ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ५० लाख २९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १९ करोड ८५ लाख ४७ हजार नाघेको छ भने मृतकको संख्या ४२ लाख ३२ हजार ८९२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९० हजार ६९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ५७ लाख ४५ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख २९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ११ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९६ लाख ६६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ५१ हजार थपिएसँगै कुल ५४ लाख ४९ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ५४२ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख २४ हजार ३८४ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ४१ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १६ लाख ५४ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ८ लाख १२ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख १७ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ३७ हजार संक्रमित भएका छन् भने ९२५ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ५६ हजारभन्दा बढी छन् । हाल ७ लाख ४१ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म १ कराेड ९९ लाख १७ हजार जना संक्रमितमध्ये १ कराेड ८६ लाख १९ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ९५ हजार ३८९ जना पुगेका छन् भने ६ लाख ५४ हजार १७७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ८५७ पुगेको छ भने ३१ हजार ३५५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत