प्रेरणा

जो अरूको विश्वासमा काम छोड्छ, उसको काम सकिँदैन - तर जो आफैं काम गर्न तयार हुन्छ, उसको काम राेकिँदैन

काठमाडाैँ । एक गाउँ नजिक सारस चराको एक जोडी खेतमा बस्थे। उनीहरूले त्यहिँ अण्डाहरू पारेका थिए । अण्डाबाट बच्चाहरु जन्मिए र बाहिर आए । तर बच्चाहरु उड्न सक्षम हुनुभन्दा पहिले खेतको बाली पाक्याे । सारस चिन्तित भयाे । किसान खेत काट्न आउनु अघि, दम्पति आफ्ना बच्चाहरुसंग त्यहाँबाट भाग्नुपर्ने भयाे ।

तर बच्चाहरू उड्नसक्ने भएका थिएनन् । सारसले बच्चाहरूलाई भने, 'यदि हामी मैदानमा नहुँदा कोही आएमा उनीहरूकाे कुरा राम्ररी सुन र बुझ ।'

एक दिनको कुरा हो जब बच्चाहरुको लागि खाना र पानी लिएर साँझ सारस फर्के, बच्चाहरुले भने, 'आज किसान आउनुभएको थियो । उनी मैदानमा घुमिरहे । तब उनले आफ्नो साथीलाई भने, 'अब यो खेत बाली काट्ने समय भयाे । आज म गाउँका मानिसहरूकाेमा जान्छु र मेरो खेत काट्न भन्छु । त्यसपछि उनीहरू गए ।

सारसले बच्चाहरूलाई भने, 'तिमीहरू डराउनु पर्दैन । बाली काट्न अझै समय बाँकी छ ।

केहि दिनपछि, साँझमा जब सारस अन्न र पानी लिएर फर्किए, उनीहरूले बच्चाहरु डराएकाे देखे । उनीहरुले भने, 'बुबा ! आज किसान फेरि आए । उनी भन्दैथिए, उसको गाउँका मानिसहरू धेरै स्वार्थी छन् । उनीहरुले मेरो बाली काट्ने कुनै व्यवस्था गरेनन् । भोलि म मेरा भाइहरुलाई ल्याउनेछु र बाली काट्नेछु । '

उनीहरूकाे शब्दहरू सुनेर सारस शान्त भयो र केटाकेटीलाई भन्याे, 'केहि हुँदैन । एक वा दुई दिनमा तिमीहरू पनि राम्ररी उड्न सक्ने हुन्छाै ।

यसरी नै केहि दिन बित्यो । सारस शिशुहरु उड्न सक्ने भएका थिए । त्यसपछि एक दिन जब सारस साँझ फिर्ता आए, बच्चाहरुले भन्न थाले, 'किसान आज पनि आउनुभएको थियो र भन्नुहुन्थ्यो कि मेरा भाइहरु मेरो कुरा सुन्दैनन् । सबैजना बहाना बनाउँछन् । मेरो बालीको अन्न सुक्दै र ढल्दैछ । भोलि बिहान सबेरै आएर, म आफैंले जमिन काट्न सुरु गर्छु ।'

यो कुरा सुनेर सारसले भन्यो, 'बच्चाहरु ! हतार गर । आउ, अझै अन्धकार भएकाे छैन । तिम्री आमा पनि आइसकेकी छन् । अर्को ठाउँमा उडौं । भोलि बाली काटिने छ ।

केटाकेटीले भने, 'किन बुबा ! अहिलेसम्म तपाईंले किसानको कुरा सुन्नुभएन, तर आज कसरी सहमत हुनुभयो ?

सारसले भने, 'जबसम्म किसान अरूमा निर्भर थियो, बाली काट्ने कुनै आशा थिएन । जो अरूको विश्वासमा काम छोड्छ, उसको काम सकिँदैन । तर जो आफैं काम गर्न तयार हुन्छ, उसको काम राेकिँदैन । जब किसान आफैं भोलि बाली काट्न आउँदैछन्, बाली काटिन्छ ।

त्यसपछि सारसकाे जोडी उनीहरुका बच्चाहरुसंगै अर्को सुरक्षित ठाउँमा गयो ।

गाउँ सहर डेस्क

तपाईँको मत