स्वास्थ्य

विश्वभर हालसम्म १७ कराेड ८४ लाख जना काेराेनामुक्त, ८७ हजारकाे अवस्था गम्भीर, ४२ लाखभन्दा बढीकाे मृत्यु

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ६ लाख ५५ हजार जना काेराेनामुक्त भएका छन् भने १० हजार २९० काे मृत्यु भएकाे छ । त्यसैगरि ४ लाख ९ हजार जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड ८४ लाख ८९ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ४६ लाख ६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १९ करोड ७३ लाख ९ हजार नाघेको छ भने मृतकको संख्या ४२ लाख १३ हजार १०१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८७ हजार ७४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ५५ लाख ७९ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख २८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९६ लाख २५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ८८ हजार थपिएसँगै कुल ५३ लाख २६ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा मृत्यु हुनेकाे संख्या ४ लाख २३ हजार २४४ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४४ हजार ६७३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १५ लाख ७१ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ७ लाख ३६ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ११ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४१ हजार संक्रमित भएका छन् भने १ हजार ३५४ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ५४ हजारभन्दा बढी छन् । हाल ७ लाख १४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म १ कराेड ९८ लाख ३९ हजार जना संक्रमितमध्ये १ कराेड ८५ लाख ६९ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ९० हजार ६४२ जना पुगेका छन् भने ६ लाख ५० हजार ४४५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ८०७ पुगेको छ भने ३० हजार ३९० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत