नेप्से हालसम्मकै सर्वाधिक ३०७९ विन्दुको उचाईमा
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०७८ | १५:४७:०० मा प्रकाशित
काठमाडाैं । मंगलबार २९ अंकले बढेर हालसम्मकै सर्वाधिक ३०७९ विन्दुको उचाईमा पुगेको छ । साताकाे पहिलाे दिन आइतबार ५४.३३ अंकले बढेर ३०५८.६३ बिन्दुको सर्वाधिक उचाइमा पुगेको नेप्सेमा सोमबार सामान्य करेक्सन आएको थियो ।
आज सुरुवाति चरणमा बजार नकारात्मक बनेपनि अन्तिममा सकारात्मक भएर बन्द भएको हाे । यस दिन नेप्से सूचक २९.२३ अंकले बढेर ३०७९.६६ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा अझै बढेको छ । यस दिन ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भएको छ ।
शेयर बजार बढ्ने कम्पनीहरुमा मल्टीपर्पोज फाइनान्स कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपाव डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास कम्पनी, जानकी फाइनान्स, युनिभर्सल पावर कम्पनी, हिमालयन पावर पार्टनर, युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेड, सुनर्जी पावर डेभलपमेन्ट, रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युत कम्पनी रहेका छन् ।
यस दिन सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ भने उन्नति सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त र समता घरेलु लघुवित्तको पनि मूल्य घटेको छ ।
मंगलबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै ४९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस