स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये १७ कराेड ७१ लाख निकाे, ८४ हजार जना गम्भीर

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख ९४ हजार जना काेराेनामुक्त भएका छन् भने ७ हजार २२८ काे मृत्यु भएकाे छ । त्यसैगरि ४ लाख ३४ हजार जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड ७१ लाख ७१ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ३९ लाख ७९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १९ करोड ५३ लाख ३४ हजार नाघेको छ भने मृतकको संख्या ४१ लाख ८२ हजार ६६५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८४ हजार ८४५ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ५२ लाख ८२ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख २७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९५ लाख ४३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ३३ हजार थपिएसँगै कुल ५१ लाख ११ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा मृत्यु हुनेकाे संख्या ४ लाख २१ हजार ४११ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ३० हजार १२५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १४ लाख ३९ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ६ लाख १३ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ५ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा १८ हजार संक्रमित भएका छन् भने ५८७ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ५० हजारभन्दा बढी छन् । हाल ७ लाख ५८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म १ कराेड ९७ लाख ७ हजार जना संक्रमितमध्ये १ कराेड ८३ लाख ९८ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ८२ हजार ९४७ जना पुगेका छन् भने ६ लाख ४५ हजार ३०१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ७३८ पुगेको छ भने २७ हजार ९०८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत