स्वास्थ्य

कोरोनाबाट थप २५ जनाको मृत्यु, थपिए ३ हजार ४२१, निको भए १ हजार ६८६

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार २७२ को परीक्षण हुँदा ३ हजार ४२१ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआरबाट ६ लाख ८२ हजार ९४७ र एन्टिजेन विधिबाट ५५ हजार ९७१ पुगेको छ ।

आजसम्म जम्मा ३५ लाख ५१ हजार ३२३ पिसिआर र २ लाख ९४ हजार ७६१ जनाको परीक्षण भएको छ ।

अहिलेसम्मका संक्रमितमध्ये ६६९ सघनमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ६८६ छ । निको हुने प्रतिशत ९४.५ रहेको छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३५८ र होम आइसोलेशनमा रहेको संख्या २५ हजार ९३ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ८१५ छ । 

देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ । 

अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १४ लाख २३ हजार ४१६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरी पछिल्लो हप्तामा संक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ । 

संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत