खेल

क्रिकेट : टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार

फाइल तस्बिर

काठमाडाैं । टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । 

आईसीसीले आइतबार अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डभन्दा अघि रहेको छ । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।

टी–ट्वान्टीको नयाँ वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्यान्ड रहेका छन् । चौथो पाकिस्तान र पाँचौं अस्ट्रेलिया रहेको छ । नेपाल एक दिवसीय वरीयतामा भने १६ औं स्थानमै रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत