गाउँ सहर

गण्डकीको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको वार्षिक प्रगति समीक्षा

पोखरा । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयको  वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यालय प्रमुखले कार्यालयबाट एक वर्षभित्र सम्पन्न कामको वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।

वार्षिक कार्यक्रम सम्पन्न गर्न आइ परेका कठिनाई र चुनौतिबारे कार्यालय प्रमुखले मन्त्री सामु बस्तु अवस्था कार्यक्रममा राखेका थिए । कार्यालय प्रमुखले जिल्लाको भौतिक निर्माण सम्बन्धि विवरण प्रस्तुत गरि सकेपछि मन्त्री खड्काले  आगामी बजेटमा केन्द्र सरकारबाट दोब्बर बजेट प्रदेशमा ल्याउने प्रयास गर्ने बताएका थिए । उनले मुलुक र देशको मुहार फेर्ने  अभियानको नेतृत्व  गर्ने बताए।  हामीले यो सरकारले देशको मुहार फर्ने अभियान थालेका छौं । सरकारमा पनि यो मन्त्रालयबाट यसको सुरुआत गछौं, उनले भने ।

उनले करको दर बढाएर होइन, दायरा बढाएर काम गर्न आवश्यक रहेको बताए । मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दायित्व हस्तान्तरण गरेर होइन । दायित्व बोकेर लाग्न भनेका छन् ।

मन्त्री खड्काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद ओमकला गौतम, ललितकला गुरुङ, योजना आयोग सदस्य मन्त्रालयका सचिव, कार्यालय प्रमुख, लेखा प्रमुखको उपस्थिति थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत