गाउँ सहर

काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा २ हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार २२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता