स्वास्थ्य

विश्वभर हाल एक कराेड ३७ लाखमा काेराेनाभाइरस सक्रियमध्ये ८३ हजार जना चिन्ताजनक

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख २९ हजार जना काेराेनामुक्त भएका छन् भने ८ हजार १८२ काे मृत्यु भएकाे छ । त्यसैगरि ४ लाख ९० हजार जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड ६४ लाख ४९ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड ३७ लाख ५४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १९ करोड ४३ लाख ७२ हजार नाघेको छ भने मृतकको संख्या ४१ लाख ६७ हजार ९२५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८३ हजार ८५९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ५१ लाख ८४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ७ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ५ लाख ३५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ३६ हजार थपिएसँगै कुल ५० लाख ५० हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ४ लाख २० हजार ५८५ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४० हजार २८४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १३ लाख ७१ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ५ लाख ३५ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख १५ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ३८ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । १ हजार ८० जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ४९ हजारभन्दा बढी छन् । हाल ७ लाख ८० हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म १ कराेड ९६ लाख ७० हजार जना संक्रमितमध्ये १ कराेड ८३ लाख ४० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ७९ हजार १७ जना पुगेका छन् भने ६ लाख ४१ हजार ५६५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ६९५ पुगेको छ भने २७ हजार ७५७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत