पोखरा सराङकोटको गणेश मन्दिर निर्माणमा सहयोग गर्ने प्रदेशका अर्थमन्त्री बरालको प्रतिवद्धता
- गाउँ सहर संवाददाता
- ९ श्रावण शनिबार, २०७८ | २१:१८:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले पोखरा १८ को सराङकोटमा हाल निर्माण हुन लागेको गणेश मन्दिर सहितका अन्य भौतिक संरचना निर्माणको लागि सहयोग गर्ने बताएका छन् । २३ लाख ७५ हजारको लगानीमा निर्माण हुने गणेश मन्दिरको शनिबार शिलान्यास गर्दै मन्त्री बरालले सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्न मन्दिर सहित थप भौतिक संरचना निर्माणमा समेत आफ्नोतर्फबाट विषेश पहल गर्ने बताए ।
सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने मन्त्री बरालले जनाए । अर्थ मन्त्रीमा पदभार ग्रहण गरेको भोलि पल्ट पहिलो औपचारिक कार्यक्रममा सहभागि हुदै मन्त्री बरालले सराङकोटबासीले आफूप्रति देखाएको सदभावले आफुलाई थप जिम्मेवार बनाएको जनाए । सकेसम्म छिटो छरितो ढंगले धार्मिक पर्यटकीय गन्तव्यहरुको भौतिक संरचना निर्माणमा जुट्नु पर्ने उनको भनाई थियो ।
सराङकोट धार्मिक तथा पर्यटकीय बृहत गुरुयोजना अन्तर्गत निर्माण गरिने गणेश मन्दिरको शनिबार शिलान्यास गरिएको सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जिसीले बताए । करिब साँढे ३ वर्ष अघि राम बहादुर थापाले महायज्ञ गर्दा संकल्प गरेको ११ लाख सहित हाल २३ लाख ७५ हजार मूल्यको लगानीमा उक्त मन्दीर निर्माण गर्ने भएको बताए । उनका अनुसार ३/४ महिनामा गजूर सहित तीन तले मन्दिर निर्माण हुन्छ । सराङकोटको बृहत योजना अन्तर्गत हालसम्म करिब २० करोडको केही काम भएको बाँकी करिब २५ करोडको काम बाँकी रहेको समितिले जनाएको छ । समितिले भ्यूटावर, गणेश मन्दिर, हुमन कुण्ड सहितका भौतिक संरचना बनाइने छ ।
पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले सडक, खानेपानी पूर्वाधार सहित पर्यटकीय पूर्वाधार निर्माणमा अझै लगानी गर्नुपर्ने बताए । शिव मन्दिरका लागि १० करोड लगानी हुने अनुमान समितिको छ भने भ्यू टावर निर्माणका लागि हालसम्म प्रदेश सरकारबाट विभिन्न चरणमा ९० लाख लगानी भएको बताइन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस