स्वास्थ्य

विश्वभर नै फेरि बढ्दाे काेराेना संक्रमणले चिन्ता, पछिल्लाे २४ घण्टामा साढे ५ लाख जना थपिए

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख ७५ हजार जना काेराेनामुक्त भएका छन् भने ८४९७ काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ५३ हजार जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड ५६ लाख ९९ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड ३५ लाख ७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १९ करोड ३३ लाख ५७ हजार नाघेको छ भने मृतकको संख्या ४१ लाख ५० हजार ५८४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८२ हजार ३२० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ५२ लाख ९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९४ लाख ७६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ५९ हजार थपिएसँगै कुल ५१ लाख ६ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ४ लाख १९ हजार ५०२ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ३४ हजार ८६५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १२ लाख ९१ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ४ लाख ६० हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ११ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४९ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । २ हजार ४४४ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ४७ हजारभन्दा बढी छन् । हाल ७ लाख १७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म १ कराेड ९५ लाख २४ हजार जना संक्रमितमध्ये १ कराेड ८२ लाख ५९ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ७४ हजार ७२६ जना पुगेका छन् भने ६ लाख ३७ हजार ६९० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ६६१ पुगेको छ भने २७ हजार ३७५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत