स्वास्थ्य

एन्टिबडी कति समय रहन्छ, लक्षण भएका र लक्षण नभएका संक्रमितहरूमा फरक हुन्छ ?

काठमाडाैँ । कोरोना संक्रमण भएपछि एन्टिबडीहरू शरीरमा कति दिनसम्म रहन्छ ? भन्ने प्रश्न र काैतुहलता याे काेराेनाकालमा दैनिकरूपमा उठिरहेकाे छ ।

हालसालैकाे अनुसन्धानमा वैज्ञानिकहरूले यसको जवाफ दिएका छन् । वैज्ञानिकहरू भन्छन् कि संक्रमण पछि ९ महिनासम्म शरीरमा एन्टिबडीहरूको स्तर उच्च रहन्छ । चाहे रोगीमा लक्षण देखियाेस् वा नदेखियाेस् ।

यो दावी इटलीको पाडुवा विश्वविद्यालय र लन्डनकाे इम्पेरियल कलेजले संयुक्त रूपमा गरेका छन् ।

गत वर्ष फेब्रुअरी र मार्च मा, ३ हजार कोरोना पीडितको तथ्यांक इटाली शहरमा विश्लेषण गरिएको थियो । यी मध्ये ८५ प्रतिशत बिरामीहरू जाँचिएका थिए । मे र नोभेम्बर २०२० मा, पुनः ती पीडितहरूकाे एन्टिबडीको स्तर हेरिएकाे थियाे । अनुसन्धानले फेब्रुअरी र मार्चमा संक्रमित भएकाहरूमध्येकाे नोभेम्बर सम्ममा पनि ९८.८ प्रतिशत बिरामीहरूमा एन्टिबडीहरू फेला पारेकाे थियाे ।

इम्पेरियल कलेजका अनुसन्धानकर्ता इलेरिया डोरिगाटी भन्छन्, "अनुसन्धानको क्रममा एन्टिबडीको स्तर लक्षण भएका र लक्षण नभएका बिरामीहरू दुबैमा समान जस्तै थियो । यो पनि स्पष्ट भयो कि कोरोनाका लक्षणहरू र संक्रमण कत्तिको गम्भीर थियो, यसले एन्टिबडीहरूको स्तरमा कुनै प्रभाव परेन ।"

पाडुवा विश्वविद्यालयका अनुसन्धानकर्ता एनरिको लाभेजोका अनुसार - यस अनुसन्धानमा जुन सहरका सहभागी थिए त्यहाँ ३.५ प्रतिशत जनसंख्या मे महिनामा संक्रमित थियाे । यी मध्ये धेरै लक्षणरहित थिए । अनुसन्धानको क्रममा यो पत्ता लाग्यो कि प्रत्येक ४ मध्ये एक व्यक्तिले आफ्नो परिवारमा संक्रमण फैल्यायाे । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत