स्वास्थ्य

कोरोनाबाट अहिलेसम्म ९ हजार ६३७ को मृत्यु, पछिल्लो २४ घण्टामा मात्र ३० जनाको ज्यान गयो, २२ प्रतिशत संक्रमण

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६१६ को परीक्षण हुँदा २ हजार ८३८ संक्रमित थपिएका छन् । 

काठमाडाैँ उपत्यकामा मात्रै ६९७ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्मका संक्रमितमध्ये ६२७ सघनमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ४७५ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ ।

अहिलेसम्मका कुल संक्रमित ६ लाख ७० हजार ९५३ पिसिआर परीक्षणबाट र एन्टिजेन परीक्षणबाट ५० हजार ६६४ पत्ता लागेका हुन् । 

आजसम्म ३७ लाख ६९ हजार ९३१ को परीक्षण  गर्दा ७ लाख २४ हजार ४५५ मा संक्रमण पुष्टि भएको छ । 

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०१ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ३४० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ४९२ छ । 

देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लाे समय ५०० भन्दा बढी संक्रमित हुने जिल्लाकाे संख्या बढेर १२ पुगेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत