गाउँ सहर

आज बक्र इद (ईद–उल–अजहा) मनाइँदै

काठमाडाैँ । आज साउन ६ गते इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा) मनाइँदैछ । साे अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएकाे छ । दाेस्राेपटक काेराेना कहरमा याे चाड परेकाे छ ।

मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको थियाे ।

बक्र इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत