नेप्सेमा सामान्य अंकको गिरावट
- गाउँ सहर संवाददाता
- ५ श्रावण मंगलबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ९.१ अंकले घटेर दुई हजार ९ सय ८५ दशमलब ५७ विन्दुमा थामिएको छ ।
त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको छ । सोमबार ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेप्सेमा लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यस्तै, आज १२ प्रतिशत आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएकाे छ । यसको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा अरुण काबेली पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस