फोटो

स्थानीय व्यसायीले भने- याे फाेटाे माननीय गगन कुमार थापा र एमाले नेता राजन भट्टराईसम्म पुर्‍याइदिनु पर्‍याे

तस्बिरः गाउँ सहर डट कम ।

काठमाडाैं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ सहित केही क्षेत्रहरु पानी परेपछि कपन साततले चाेक सधैँ प्रभावित हुने गर्दछन् । वर्षाका कारण कपन यी क्षेत्र सधैँ डुवानमा पपर्उने गर्दछन् ।

यस क्षेत्रका धाेबी खाेला वरापर खहरे किनार र भित्रि क्षेत्रका अधिकांश घरहरुमा पानी पस्ने गर्दछ । दृष्यमा दखिएकाे तस्बिर पानी परेपछि कपन साततले चाेककाे सडककाे हालत हाे । पानी पर्न थालेपछि याे सडकमा सवारी साधन हाेइन खाेला बग्न थाल्दछ ।

स्थानीय व्यसायी मजेश श्रेष्ठले भने- "याे फाेटाे माननीय गगन कुमार थापा र विकासप्रेमी नेता भनेर फेसबुकमा हालिरहने एमाले नेता राजन भट्टराईसम्म पुर्‍याइदिनु पर्‍याे, केही हुन्छ की ।"

गाउँ सहर संवाददाता