सडक/यातायात

बजेट सक्न दाेलखाकाे कालिन्चोक गाउँपालिकामा गुणस्तरहीन सडक निर्माण जारी (भिडिओसहित)

काठमाडाैं । आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन ।

स्थानीय तहमा असारभित्रमा बजेट सक्न भ्याइनभ्याइ भइरहेको छ । यसै क्रममा दाेलखाकाे कालिन्चोक गाउँपालिको सुनखानी साङ्बा सडक निर्माण कार्यमा मापदण्ड विपरीत जेसिबिले मसला घोलेर बिछ्याइएको पाइएको छ ।

असार मसान्तमा धेरै बिल निकाल्नका लागि कमसल गरिएको एक स्थानीयले बताए । 

सडकमा ढलान गर्दा प्रयोग गरिने वालुवा गिट्टी सिमेन्टको घोला जेसिबीद्धारा घोलेर बिछ्याइएको भिडियोमा प्रष्टै देख्न सकिन्छ । 

गाउँपालिका र ठेकेदार कम्पनीको मिलेमतोमा यसो भएको नाम बताउन नचाहेका ती स्थानीय बताए । यसरी मापदण्ड बिपरित हतारोमा गरिएको निर्माणले सडक छिटै भत्किने गर्दछ ।

 ‘यो गलत प्रवृति हो। यसलाई रोक्नुपर्छ, जनता सजग नभएसम्म यस्ता प्रवृति रोकिँदैन’ उनले भने ।

इन्जिनियर, प्राविधिक, निर्माण कम्पनी साथै स्थानीय सरकारले बाटोको बस्तुस्थिती एवम् यसको बिगत र भविष्यको नजरअन्दाज नै नगरी भएको गुणस्तरहिन कामबाट स्थानीयबासी नै चकित भएको बताए ।

 निर्माण कम्पनीको गुणस्तरमा भन्दा काम सक्नेतिरमात्र ध्यान जाँदा गुणस्तरको काम नभएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत