समाज

फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने तीनजना पक्राउ

काठमाडाैं । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ,  विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । मोटरसाईकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए ।

उनीहरुको साथबाट लुटेको २० थान मोवाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । लुटमा संलग्नहरूबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत