स्वास्थ्य

विश्वभर हाल एक कराेड २२ लाखभन्दा बढिमा काेराेना भाइरस सक्रिय, ७९ हजारकाे अवस्था चिन्ताजनक

काठमाडौं । विश्वभर पछिल्लाे २४ घण्टामा काेभिडबाट निकाे हुनेभन्दा संक्रमित हुनेकाे संख्या बढेर गएकाे छ । पछिल्लाे २४ घण्टामा ब्राजिलमा मात्र हजारभन्दा माथि मृत्यु भएकाे छ । ब्राजिलमा १ हजार ६१३ जनाकाे मृत्यु भएकाे छ । भारतमा पनि दैनिक मृत्युदर हजारभन्दा तल छ । अधिकांश मुलुकमा सयभन्दा तल झरेकाे छ । 

पछिल्लाे २४ घण्टामा विश्वभर ८ हजार १३५ जनाकाे मृत्यु भएकाे छ । यस अवधिमा ४ लाख ९ हजारजना काेराेनामुक्त भएका छन् भने ५ लाख १२ जना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड २७ लाख ७६ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड २२ लाख ८८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड ९१ लाख ३८ हजार नाघेको छ भने मृतकको संख्या ४० लाख ७४ हजार ८० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७९ हजार १३८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४८ लाख १२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९३ लाख ३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४८ लाख ८५ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ४ लाख ११ हजार ४३९ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४० हजार २१५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ९ लाख ४४ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९७ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ३६ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४५ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । १ हजार ६१३ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ३५ हजारभन्दा बढी छन् । हाल ८ लाख ४५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ९१ लाख ५२ हजार जना संक्रमितमध्ये १ कराेड ७७ लाख ७० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ५८ हजार ७७८ जना पुगेका छन् भने ६ लाख २३ हजार १०५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ४१२ पुगेको छ भने २६ हजार २६१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत