गाउँ सहर

कमल थापाको लघु कथा : ‘को जित्यो, को हार्‍यो?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विपक्षी पाँच गठबन्धनलाई ‘पंच भलादमी’ को संज्ञा दिएका छन् ।

नेकपा एमाले विवाद र सर्वोच्च अदालतको फैसलाको विषयलाई समेट्दै लघुकथा बनाएका थापाले ब्यङ्ग्यात्मक शैलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सेनापति र माधव नेपाल पक्षका सांसदलाई विद्रोही सेनाको रुपमा कथामा चित्रित  गरेका छन् । 

‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन् । ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए ।’ उनले लेखेका छन्, ‘अनि ‘पंच भलादमी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ, जित्यौँ’ भन्दै सगौरव घर फर्केछन् ।’

थापाको लघुकथा : को जित्यो, को हार्‍यो ?’

एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन् । ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए । अनि ‘पंच भलादमी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ, जित्यौँ’ भन्दै सगौरव घर फर्केछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत