खेल

अर्जेन्टिनालाई पहिलो उपाधि दिलाउँदै कोपाको सर्वोत्कृष्ट खेलाडी बने मेस्सी

काठमाडाैं । राष्ट्रिय टिम अर्जेन्टिनाका लागि आफ्नो नेतृत्वमा पहिलो उपाधि दिलाएका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । 

अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

माराकाना स्टेडियममा आइतबार बिहान घरेलु टिम ब्राजिललाई १-० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो ।

यस्तै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । उनले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल गरे । उनले ५ असिस्ट समेत गरेका थिए ।

३४ बर्षिया मेस्सीले अर्जेन्टिनाका लागि खेलेका मुख्य १० प्रतियोगितामा पहिलो पटक उपाधि हात पारेका हुन् ।

अर्जेन्टिना आफैले २८ वर्षपछि पहिलो कोपाको उपाधि जितेको हो ।

मेस्सीको पहिलो अन्तराष्ट्रिय उपाधि यात्रामा एन्जल डी मारिया नायक रहे । उनकै एकमात्र गोलमा अर्जेन्टिनाले आईतबार जित निकाल्यो ।

गाउँ सहर डेस्क

तपाईँको मत