गाउँ सहर

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा बिराटनगरका सिंह पक्राउ

सांकेतिक : तस्बिर ।

मोरङ । बिराटनगर महानगरपालिका-५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा शुक्रबार राति साजनले चक्कु प्रहार गर्दा भोला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भोलाको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत