स्वास्थ्य

विश्वभर काेराेना : १७ कराेड ८ लाख संक्रमणमुक्त, ४० लाख ३५ हजारकाे मृत्यु, एक कराेड १९ लाखमा भाइरस सक्रिय

काठमाडौं । पछिल्लाे २४ घण्टामा विश्वभर काेराेनाबाट निकाे हुने भन्दा संक्रमित बढेकाे छ । यस अवधिमा भारत र ब्राजिलमा मात्र हजारभन्दा माथि मृत्यु भएकाे छ । भारतमा एक हजार २०६, ब्राजिलमा एक हजार ४३३ जनाकाे मृत्यु भएकाे छ । अधिकांश मुलुकमा सयभन्दा तल झरेकाे छ । 

पछिल्लाे २४ घण्टामा विश्वभर ८ हजार २८९ जनाकाे मृत्यु भएकाे छ । यस अवधिमा ३ लाख ६३ हजारजना काेराेनामुक्त भएका छन् भने ४ लाख ९० जना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड ८ लाख ८७ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १९ लाख १६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड ६८ लाख ३९ हजार नाघेको छ भने मृतकको संख्या ४० लाख ३५ हजार १६४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७७ हजार ८०३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४७ लाख ११ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९२ लाख २२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४८ लाख ६५ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ४ लाख ७ हजार १७३ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४२ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ७ लाख ९४ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९९ लाख २५ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ६१ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ५७ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । १ हजार ४३३ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ३१ हजारभन्दा बढी छन् । हाल १० लाख ९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ९० लाख २० हजार जना संक्रमितमध्ये १ कराेड ७४ लाख ७९ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ५२ हजार ८५९ जना पुगेका छन् भने ६ लाख १६ हजार ९२९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ३४० पुगेको छ भने २६ हजार ५९० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत