विश्व

हाइटीका राष्ट्रपतिको निजी निवासमै हत्या

काठमाडाैं । क्यारेबियन मुलुक हाइटीका राष्ट्रपतिको हत्या भएको छ । फ्रान्सेली समाचार संस्था एएफपीले हाइटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार गोली हानेर हत्या गरिएको जनाएको छ ।

आक्रमणमा ज्यान गएको देशका अन्तरिम प्रधानमन्त्रीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।

पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन् ।

आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा जनाइएको छ ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए ।

विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नी पनिलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत