ट्रेड युनियनद्वारा महाप्रबन्धकको राजीनामा माग्दै वायुसेवा निगम निजीकरण गर्ने निर्णयको विरोध
- गाउँ सहर संवाददाता
- २३ असार बुधबार, २०७८ | १६:१४:०० मा प्रकाशित
काठमाडौ । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले निगमलाई निजीकरण गर्ने निर्णयको भर्त्सना गरेको छ ।
नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरी निगमलाई कौडीको भाउमा बेच्नको लागि कम्पनीको प्रबन्ध पत्र र नियमावलीको मस्यौदा तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरिएको भन्दै त्यसको भर्त्सना गरेको हो ।
सरोकारवालासँग छलफल नै नगरी महाप्रवन्धक डिमप्रकाश पौडेलले गरेको उक्त निर्णयको विरोधमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको भन्दै ने.वा.नि. कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन ने.वा.नि. र ने.वा.नि. कर्मचारी संघले संयुक्त पत्रकार सम्मेलन गरी भर्त्सना गरेका छन् ।
‘कम्पनीकरणको नाममा निजीकरण गर्ने, संस्थाको सम्पत्ति कम मूल्यांकन गर्ने, झुटो खेती गरी प्रचारवाजी गरेकोले यस्ता कार्यहरुको संयुक्त ट्रेड युनियन घोर भर्त्सना गर्दछ,’ संयुक्त ट्रेड युनियनले भनेको छ ।
उनीहरुले निगमको निजीकरण गर्ने निर्णय फिर्ता र महाप्रवन्धक पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
तर निगमका महाप्रन्धक डिमप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै निगमलाई सरकारी पूर्ण स्वामित्वमै राख्नुपर्ने आफ्नो धारणा रहेको जनाएका छन् ।
सञ्चालक समितिको असार १३ को बैठकले व्यवस्थापनलाई दिएको निर्देशन पालना गर्दै व्यवस्थापनको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उक्त मस्यौदा असार १५ मा पठाइएको उनले स्पष्ट पारेका छन् । यस विषयमा निगम सञ्चालक समितिले अर्थ मन्त्रालयको निर्देशनको पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने कार्य गरेको र प्रबन्धपत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकोले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापनबाट भएको उनले बताएका छन् ।
नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका धारणा :
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्रतिकृया दिनुहोस